spot_img

नेपाली काङ्ग्रेस मुक्लीका संस्थापक सभापति गुरुङको निधन

spot_img

सोलुखुम्ब – नेपाली काङ्ग्रेस थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्ली सोलुखुम्बुका संस्थापक सभापति खड्ग बहादुर गुरुङको निधन भएको छ । नेता गुरुङको गएराती ७५ वर्षको उमेरमा काठमाण्डौमा निधन भएको परिवारिक श्रोताले जनाएको छ ।

Advertisement

लामो समयदेखी काङ्ग्रेसको राजनीतिमा सकृय गुरुङ २०४९ मा तत्कालीन मुक्ली गाविस वडा नम्बर २ को अध्यक्ष र २०७४ मा थुलुङ दुधकोशी गाउँपालिका ६ को वडासदस्यमा निर्वाचित भएका थिए ।

Advertisement

उनको पार्थिव शरीरलाई आज बुधबार विहान ७ बजे पशुपति आर्यघाटमा अत्यष्टी गरिएको जीवन गुरुङले बताए ।

Advertisement

उनको निधनले सिङ्गो पार्टीलाई ठूलो क्षति पुगेको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले बताए।

काङ्ग्रेस प्रतिबन्धित भएको समयमै पार्टीमा लागेर प्रजातन्त्र स्थापनामा नेता गुरुङले अतुलनीय योगदान पुर्याएको काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्रदिप राईको भनाई छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै