spot_img

दुधमा आत्मनिर्भर बनाउन हलेसी तुवाचुङले दियो ४४ किसानलाई भैंसी उपहार !

spot_img

असार १३, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ४४ जना किसानलाई माउ भैसी वितरण गरेको छ। किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी गराउने उदेश्यले अनिवार्य रुपमा दुई माउ भैसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैसी वितरण गरेको हो।

Advertisement

किसान पहिचान गरी माउ भैसी किन्न किसानलाई नगरपालिकाको बाहुनीडाँडा, वडहरे, मंगलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैसी पाल्ने नै एक/एक लाख नगद दिईएको थियो । ४४ जना किसानले घरघरमा भैसी ल्याईसकेको नगरपालिकाका पशु सेवा संयोजक सन्देश ताम्राकारले जानकारी दिए ।

Advertisement

ताम्राकारका अनुसार कूल ७५ लाख सर्शत बजेट अन्तर्गत ४४ जना किसानलाई भैसी किन्न एकएक लाख र भैसीलाई गोठ बनाउन प्रति किसान २०/२० हजार प्रदान गरिएको छ । किसानहरुले भैसी ल्याएर गोठ बनाईसकेको र कतिले बनाईरहेको छ।

Advertisement

यस्तै, कूल ७५ लाख सर्शत बजेटभित्रै ४४ जना भैसी पाएका किसानलाई दिनेगरी १० लिटरको ४४ वटा मिल्क क्यान (दुध लगाउने भाडा) नगरपालिकामा ल्याईएको छ । हलेसी तुवाचुङ नगरपालिकाले कृषि र पशुपालनको माध्यमबाट नगर क्षेत्रको नगरिकको जीवनस्तर उकास्ने निति लिएकाले किसानलाई भैंसी वितरण गरिएको मेयर बिमला राईले बताइन।

व्यवसायीक कृषि र पशुपालनका लागि स्थानीय सरकारको पूरा साथ रहेकाले खुलेर कृषि तथा पशुपालन व्यवसायमा लाग्न मेयर राईले आग्रह गरिन ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै