spot_img

सगरमाथाको काखमा अवस्थित लुक्ला विमानस्थललाई फुर्सद !

spot_img

असार १२, सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थल मध्येका एक सोलुखुम्ुबको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला फुर्सदिलो बनेको छ । पर्यकीय सिजनमा दैनिक सयौँ उडान तथा अवतरण हुने लुक्ला विमानस्थलको उडान सिजन सकिएसँगै अहिले दैनिक २/३ वटामा सिमित बनेका हुन् ।

Advertisement

पर्यटक सिजनमा ४१२ मुभमेन्ट सम्म उडान भएको लुक्ला विमानस्थल जुन ७ तरिखबाट सुनसान नै बनेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए । यात्रु नहुँदा विमान कम्पनीहरुले उडान तालिका नै घटाएको छ भने भएका उडानमा समेत कार्गो बोक्नुपर्ने बाध्यता रहेको विमान कम्पनीहरु बताउँछन् ।

Advertisement

अहिले काठमाण्डौबाट हुने दैनिक एक÷दुई आउने विमानहरुले निर्माण सामाग्री, खाद्यन्न, कपडा लगायतका कार्गो बोकिरहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताए । उडान घटेसँगै विमानस्थलका कर्मचारीहरुमा समेत फुर्सद मिलेको छ ।

Advertisement

सिजनमा एकैपटक धेरै उडान तथा अवतरण हुँदा भ्याईनभ्याई हुने विमानस्थल कर्मचारीहरु समेत यतिखेर फुर्सदमा रहेको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ । उपत्यका बाहिरका विमानस्थल मध्ये लुक्ला, पोखरा, सिमिकोट र नेपालगञ्जलाई नेपालको व्यस्त विमानस्थलहरुको रुपमा परिचित छन् ।

सगरमाथा क्षेत्रमा पर्ने खुम्बुमा वर्षको २ सिजन भदौ अन्तिमबाट मंसिर मध्यसम्म र चैतबाट जेठ अन्तिम सातासम्मलाई मुख्य पर्यटकिय सिजन मानिन्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै