spot_img

बेनी हाईड्रोले मापदण्ड मिच्दा बेनी खोला बगरमा परिणत, जलप्राणीको अस्तित्व संकटमा

spot_img

असार १०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका २ स्थित बेनी खोला बगरमा परिणत भएको छ । बेनी खोलामा निर्माण गरिएको १९.८ मेगावाटको बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेड आयोजनाले न्यूनतम मापदण्डको ख्याल नगर्दा बेनी खोला बगरमा परिणत भएको हो ।

Advertisement

सधैँ खोलामा बगिरहने पानी आयोजनाले सबै लगेपछि करिब १ महिनादेखि सोलुदूधकुण्ड नगरपालिका २ र ३ क्षेत्रको खोला नै सुख्खा बनेको छ । विद्युत् विकास विभागको नियमअनुसार आयोजनाहरु निर्माण गर्दा कम्तीमा १० प्रतिशत पानी खोलामा छोड्नुपर्ने मापदण्ड भए पनि यहाँका आयोजना त्यसलाई पालना गर्नमा चुकेका छन् ।

Advertisement

यसका कारण खोलाको जलप्राणीहरुको अस्तित्व नै गम्भीर संकटमा परेको छ भने पर्यवरणमा समेत असर गरेको स्थानीय मेम कुमारी राजभण्डारीको गुनासो छ । घरकै छेउबाट सधैँ छङछङ बगिरहने खोला अहिले बगरमा परिणत भएपछि उराठलाग्दा भएको राजभण्डारीको भनाई छ ।

Advertisement

दूधकुण्डबाट आउने पानी भएकाले सधैँ दूधजस्तै सेतो बगिरहने बेनीखोला सुख्खा हुँदा बटुवाहरुले समेत सोध्ने गरेको अर्का स्थानीय ल्हाक्पा शेर्पाले बताए । हाल खोलाका माछा, पाहालगायतका जलप्राणीहरु सबै मरेको स्थानीयको गुनासो छ । यता आयोजनाका प्रतिनिधि राजन घिमिरेले भने यस विषयमा आयोजना संवेदनशिल रहेको बताए ।

यस अघि खोलामा मापदण्ड अनुसार नै पानी छोडेको भएपनि पछिल्लो समय कम्जोरी भए सुधार गर्ने प्रतिबद्धता जनाए । वि.स २०६९ सालमा नै निर्माण सुरु भएको आयोजनाको काम करिब सकिएको छ । सबै स्वदेशी कम्पनीको लगानी रहेको उक्त आयोजनामा ७० प्रतिशत एनएमवी बैकंको लगानी रहेको बताइएको छ ।

जिल्लामा बेनी खोलासहित तल्लो सोलुखोला, माथिल्लो सोलुखोला, लिखुखोला लगायत आधा दर्जनभन्दा बढी विद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा छन । अधिकांश आयोजनाहरुले खोलामा मापदण्डअनुसारको पानी छोड्ने सवालमा आनाकानी गरिरहेको सर्वसाधारण बताउँछन ।

सोलुखोलाको पानी सुकाएर बगरमा परिणत भए पछि अहिले सोलुखोला नै क्रसरहरुको नदीजन्य पदार्थ उत्खनन गर्ने थलो बनेको छ । खोलामा पानी नभएपछि व्यवसायीहरुले धमाधम नदिजन्य पदार्थ उत्खनन गर्न थालेको प्रत्यक्षदर्शी बताउँछन् ।

जसका कारण वातावरणदेखि प्राणीजगतको जीवनचक्रमा समेत खलल पुग्नसक्ने वातावरण विज्ञ राजन थापाले चिन्ता व्यक्त गरे । जंगली जनावर तथा जल प्राणीहरुको अस्तित्व जोगाउन समेत खोलामा कम्तीमा १० प्रतिशत पानी छोड्नैपर्ने थापाको भनाइ छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै