spot_img

हलेसी तुवाचुङमा ग्यासको आयतलाई प्रतिस्थान गरिदै, नगरले दियो डेढ सय बढीलाई विद्युतीय चुलो

spot_img

असार १०, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशूल्क विद्युतीय चुलोको प्रयोगलाई जोड दिएको छ । नगरपालिकाले विद्युतीय चुलोको प्रयोगलाई बढवा दिन डेढ सय बढीलाई चुलो वितरण गरेको छ ।

Advertisement

यस वर्ष नगरले १५६ जनालाई विद्युतीय इन्फ्रारेड चुलो वितरण गरेको नगर प्रमुख विमला राईले बताइन् । जसमा १ सय ३९ जना शिक्षिका र १७ जना पूर्व महिला जनप्रतिनिधि रहेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले २ सय वटा इन्फ्रारेड चुलो खरिद गरेको थियो ।

Advertisement

जसमध्ये नगरपालिका भरिका शिक्षिक र पूर्व महिला जनप्रतिनिधिलाई शनिबार नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले चुलो वितरण गरेका हुन् ।

Advertisement

बाकी रहेको चुलो एकल महिला र विधुर पुरुषलाई प्रदान गरिने नगर प्रमुख राईले बताइन् । देश बाहिर जाने रकमलाई अध्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई नगरपालिकाले जोड दिएको प्रमुख राईको भनाइ छ ।

‘आजभोली धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो अध्याधिक रकम अन्य देशमा जान्छ, विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महसुल तिर्नु परेपनि आफ्नै देशमा रहन्छ ।’नगर प्रमुख राईले भनिन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै