spot_img

हलेसी तुवाचुङ नगरले दियो १६ आमा समुहलाई नगद १/१ लाख बिउ पुँजी

spot_img

Advertisement

असार १०, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १६ आमा समुहलाई बिउ पुँजी रकम प्रदान गरेको छ । नगरपालिकाले शनिबार एक कार्यक्रमका विच नियमित बचत गर्दै आएका समुहलाई नगद १÷१ लाखका दरले बिउ पुँजी रकम प्रदान गरेको हो ।

Advertisement

नगरप्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले १÷१ लाखका दरले बिउ पुँजी बापतको रकम हस्तान्त्रण गरे । आमाहरुलाई आम्दानीमूलक क्षेत्रमा लगानी गरेर आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ बिउ पुँजी कार्यक्रमको सुरुवात गरिएको नगरप्रमुख विमला राईले बताइन् ।

Advertisement

नगरपालिकाले माग गरेको आवेदन अनुसार छनोट भएका १६ आमा समुहलाई शनिबार बिउ पुँजी बापतको रकम प्रदान गरेसँगै हालसम्म बिउ पुँजीको रकम लिने आमासमुहको संख्या ५० वटा पुगेको छ । नगर प्रमुख राईका अनुसार आमा समुहमा भइरहेको नियमित बचत कोषमा नगरपालिकाले उपलव्ध गराएको १ लाख रकम पनि जम्मा हुनेछ ।

उक्त रकमबाट बाख्रा, बंगुर, कुखुरा पालन, तरकारी खेती लगायत व्यवसाय सञ्चालनका लागि समूह भित्रका महिलालाई प्राथमिकतामा राखेर सहुलियत ब्याजदरमा ऋण लगानी गरिने छ । समूहबाट ऋण लिने व्यक्तिले ९ देखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण फिर्ता गर्नुपर्ने कार्यविधि रहेको नगर प्रमुख राईले बताइन ।

आमा समूहले ऋण लगानी गर्दा बैंकको ब्याजदरभन्दा बढी ब्याज लिन पाउने छैनन् । केही वर्ष अगाडि देखि नै आमा समुहलाई बिउ पुँजी रकम उपलब्ध गराउदै आएको नगरपालिकाले यो वर्ष पनि नितरन्तर दिएको हो । बिउ पुँजी कार्यक्रम महिलाहरुलाई घर खर्च टार्ने बलियो माध्यम बनिरहेको नगर प्रमुख राईको भनाइ छ ।

‘नगरपालिकाले दिएको बिउ पुँजी रकमबाट आमा समुहका महिलाहरुले पालैपालो सहुलिय ब्याजदरमा ऋण लगेर विभिन्न व्यववसाय गरिरहेका छन्। नगर प्रमुख राईले भनिन, ‘हामीले दिएको रकम लगानि गरेर आमा दिदि बहिनीहरुले व्यवसायलाई निरन्तरता दिइरहनु भएको छ, जसले गर्दा उहाँहरुको घर खर्च टरेको छ । यहि कार्यक्रम अन्तरगत विभिन्न गोष्ठी बैठकहरु सञ्चालन हुन्छन्, जसले गर्दा महिलाहरुलाई घर बाहिर निस्किने अवसर मिलेको छ, उहाँहरुको क्षमता बढ्दै गएको छ ।’

स्थानीय सरकारबाट महिलाहरुको आयआर्जन उकास्न सहयोग मिलेको भन्दै आमा समुहका सदस्यहरु उत्साहित बनेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै