spot_img

ओखलढुंगामा पहिरोले ३ घर बगायो, ३ को मृत्यु, १ बेपत्ता

spot_img

असार ८, सोलुखुम्बु । ओखलढुंगामा पहिरोले घर बगाउदा एकैपरिवारका ३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

Advertisement

मृत्यु हुनेमा जिल्लाको चम्पादेवि गाउँपालिका ८ विलन्दुका ३६ वर्षीय रण बहादुर गुरुङ, उनका श्रीमती २९ वर्षीया शिव माया गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Advertisement

रण बहादुरका छोरा १० वर्षीय दिनेश गुरुङ पहिरोमा बेपत्ता भएकाले खोजी भईरहेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) दिपक बहादुर केसीले जानकारी दिए ।

Advertisement

उनका अनुसार बिहिवार राती करिब १२ बजे आएको पहिरोले स्थानीय रण बहादुर गुरुङ, बल बहादुर गुरुङ र जर्सिङ गुरुङको घर बगाएको हो ।

अन्यको घरमा मानवीय क्षति भएको छैन् । यद्यपी पशुचौपायको क्षतिको भने विवरण संकलन भईरहेको डिएसपी केसीले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै