असार ७, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा स्काभेटरमा आगलागी हुँदा अन्दाजी ४० लाख बराबरको क्षति भएको छ ।
थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुकोे बादेदेखि छिक्ली जाने सडक खन्ने क्रममा पार्किङ गरी राखेको खामपाचे शेर्पा निर्माण सेवाको बा.२क ४७७८ नम्बरको स्काभेटरमा गत बुधबार राती आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी प्रहरी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आगलागीबाट स्काभेटरको अगाडीको क्याविनको भाग र इलेक्ट्रोनिक भाग जलेर नष्ट भएको छ ।
उक्त स्काभेटर दुधकोशी २ जलेश्वरी हाइड्रोपावरले नयाँ सडक विस्तारको क्रममा प्रयोग गर्दै आएको थियो । आगलागीको कारणबारे अनुसन्धान भईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।