spot_img

आयुर्वेद स्वास्थ्य केन्द्र सोलुलाई श्रेष्ठ परिवारले दिए करोडको जग्गा

spot_img

असार ६, सोलुखुम्बु । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुलाई झण्डै एक करोड मुल्य बराबरको जग्गा निःशल्क प्राप्त भएको छ । केन्द्रलाई कार्यालय भवन निर्माणका लागि सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुका श्रेष्ठ परिवारले २ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

Advertisement

जग्गा प्रदान गर्नेहरुमा शान्तनारायण श्रेष्ठ, अन्त नारायण श्रेष्ठ, पुर्ण बहादुर श्रेष्ठ, बच्चु नारायण श्रेष्ठ, कमल नारायण श्रेष्ठ, राम कुमार श्रेष्ठ, ईन्द्र नारायण श्रेष्ठ रहेको स्वास्थ्य केन्द्रका सुचना अधिकारी केशव ढुंगानाले जानकारी दिए ।

Advertisement

श्रेष्ठ परिवारले २०७२ को चैत्र ७ गते १ रोपनी र २०८० को असार ३ गते थप १ रोपनी गरी कुल २ रोपनी जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको नाममा रजिष्टेशन पास गराईदिएको सुचना अधिकारी ढुंगानाले बताए ।

Advertisement

केन्द्रले सरकारी मापदण्ड बमोजिम जग्गा प्राप्त गरेसँगै अब आफ्नै कार्यालय भवन निर्माण गर्ने जनाइएको छ । जसका लागि प्रकृया अघि बढिसकेकाले आगामी कार्तिक महिनाबाट भवन निर्माण कार्य अघि बढ्न सक्ने कार्यालयले जनाएको छ ।

जग्गा पासका लागि जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, रेडक्रस सोलुका सभापति रामकाजी श्रेष्ठसहित बुद्धि नारायण श्रेष्ठ लगायतले सहयोग गरेको आयुर्वेद कार्यालय प्रमुख अजय कुमार झाले बताए ।

आवश्यक जग्गा उपलब्ध हुन नसक्दा हाल आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बलेु जेरोपोइन्ट स्थित भाडाको भवनबाट सेवा प्रवाह गर्न बाध्य छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै