spot_img

दरबार हत्याकाण्डको २२ वर्ष पूरा, कहिले खुल्ला रहस्यको पर्दा ?

spot_img

जेठ १९, काठमाण्डौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।

Advertisement

नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।

Advertisement

उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, यो प्रतिवेदनप्रति आम नागरिकले विश्वास जताउन सकेका छैनन् ।

Advertisement

रहस्यको पर्दा खुल्न नसकेको यो उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग हुँदै आएको छ । गणतन्त्र स्थापनापछि प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नारायणहिटी हत्याकाण्डको छानबिन गरेर सत्य बाहिर ल्याउने वाचा गरेका थिए । तर अझै पनि हत्याकाण्ड कसले र किन मच्चाएको हो खुल्न सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले केहीदिनअघि पनि दरबार हत्याकाण्डको छानबिन गर्ने घोषणा गरेका छन् । वीरेन्द्रको वंशनाशपछि राजा बनेका उनका भाइ ज्ञानेन्द्रले राजतन्त्र जोगाउन सकेनन् । नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै