spot_img

सोलुखुम्बुले संघीय सरकारबाट झण्डै साढे २ अर्ब बजेट प्राप्त  गर्‍यो

spot_img

जेठ १७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको ८ स्थानीय तहले संघीय सरकारबाट झण्डै साढे २ अर्ब बजेट प्राप्त गरेको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्लाका आठ स्थानीय तहले २ अर्ब ३९ करोड ३७ लाख बजेट प्राप्त गरेको हो ।

Advertisement

जसमा सोलुदुधकुण्ड नगरपालिकाले ४९ करोड ४१ लाख, थुलुङ दुधकोशी गाउँपालिकाले ४१ करोड १० लाख, खुम्बुपासाङल्हामु गाउँपालिकाले २२ करोड ९ लाख, माप्यदुधकोशी गाउँपाकिलाले २८ करोड ४ लाख, नेचासल्यान गाउँपालिकाले ३६ करोड २४ लाख बजेट पाएको छ ।

Advertisement

त्यस्तै, महाकुलुङ गाउँपालिकाले २० करोड ४० लाख, लिखुपिके गाउँपालिकाले १७ करोड ९२ लाख र सोताङ गाउँपालिकाले २४ करोड १७ लाख बजेट प्राप्त गरेको बजेटको पुर्ण पाठमा उल्लेख छ । समपुरक अनुदानमा पुँजीगततर्फ सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिकाले २ करोड ३० लाख र थुलुङ दुधकोशी गाउँपालिकाले १ करोड ३० लाख बजेट पाएको छ ।

Advertisement

नेचासल्यान गाउँपालिकाले ८० लाख, खुम्बु पासाङल्हाम गाउँपालिकाले ८० लाख, माप्यदुधकोशी गाउँपालिकाले ७० लाख र लिखुपिके गाउँपालिकाले ७० लाख बजेट पाएको छ । तर महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकाले समपुरक अनुदान अन्र्तगत पुँजीगततर्फ अनुदान प्राप्त गर्न सकेन ।

विशेष अनुदानतर्फ सोदुधकुण्ड नगरपालिकाले १ करोड ५० लाख, माप्यदुधकोशी गाउँपालिकाले १ करोड १० लाख, खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ८५ लाख र थुलुङ दुधकोशी गाउँपालिकाले ७५ लाख प्राप्त गर्दा जिल्लाको अन्य ४ पालिका विशेष अनुदान विहीन बनेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै