spot_img

गणतन्त्र दिवसमा सोलु कारागारका ४ जनाको कैद मिनाह

spot_img

गणतन्त्र दिवसका अवसरमा जिल्ला कारागार कार्यालय सोलुखुम्बुबाट चार जनाको कैद मिनाह भएको छ । कारागार कार्यालय सोलुखुम्बुले कारागार व्यवस्थापन विभाग काठमाण्डौँमा गरेको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट विभिन्न मुद्धामा कैद भुक्तान गरिरहेका चार जनाको बाँकी कैद सजाय मिनाह गरी रिहाई गरिएको कारागार प्रमुख प्रसान्त कुमार महतोले जानकारी दिए ।

Advertisement

कैद मिनाह हुनेहरुमा सोलुदुधकुण्ड नगरपालिका ७ का ४९ वर्षीय गोपाल थापा कर्तव्य ज्यान मुद्धाका र सोही ठेगानाका ३१ वर्षीय सानुकाजी भुजेल चोरी मुद्धाका रहेका छन् । यस्तै सोलुदुधकुण्ड नगरपालिका १ का २१ वर्षीय ङिमा दोर्जी शेर्पा र ३४ वर्षीय मिङमा तेन्जी शेर्पा ज्यान मार्ने उद्योगका रहेका छन् ।

Advertisement

कारागार कार्यालयमा कैद भुक्तान गरिरहेको कैदी बन्दीको बाँकी कैद मिनाहाको लागि तोकिएको आवश्यक शर्त (फौजदारी कसूर, सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ अनुसार तोकिएको कैद, असल चालचलन, तोकिएको जरिवाना, विगो आदि रकम भुक्तान गरिएको कैदीहरुको कारागार कार्यालयहरुले माफी मिनाहाको लागि सिफारिस गरी कारागार व्यवस्थापन विभागमा पेश गर्ने व्यवस्था छ ।

Advertisement

हाल कारागार कार्यालय सोलुखुम्बुमा पुरुष कैदी ५३ जना, महिला कैदी ५ जना, पुरुष थुनुवा २२ जना र महिला थुनुवा ४ जना गरी जम्मा ८४ जना कैदीबन्दी रहेका छन् ।

यस अघि प्रकाशित समाचारमा कारागारको कुल कैदीबन्दीको संख्यामा अन्यथा भएकाले सच्याइएको छ।-सम्पादक

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै