spot_img

सोलुमा धारिलो हरियार प्रहार गरी महिलाको हत्या

spot_img

जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराती अज्ञात व्यक्तिले घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा हतियार प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए । उनका अनुसार अर्धनग्न अवस्थामा रहेकी मृतकको शरिरमा चोटैचोट छ भने घर भरी रगत लत्पतिएको छ ।

Advertisement

घटनाको अनुसन्धानका लागि जिल्लाबाट राती नै प्रहरी निरीक्षक राम किशोर शाहको नेतृतवमा प्रहरी परिचालन भएको छ । घटनाका दोषी पत्ता लगाउन घटनास्थल सुरक्षित राखिएको छ भने तालिम प्राप्त कुकुर झिकाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

घटना गएराती ७–८ बजेको समयमा भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकका श्रीमान यस अघि नै वितिसकेको र छोराछोरीहरु अध्ययनका लागि काठमाण्डौँमा रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै