spot_img

सगरमाथा क्षेत्रमा २ आरोहीको शव फेला, एकको उद्धार

spot_img

जेठ १०, सोलुखुम्बु । सगरमाथा आरोहणको क्रममा मृत्यु भएका दुई आरोहीको शव भेटिएको छ । जेठ ५ गते सगरमाथा आरोहणको क्रममा मृत्यु भएका मलेसियाका ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र बैशाख ३१ गते मृत्यु भएका मालडवाका नागरिक ४६ भिक्टर व्रिन्चको आज बुधबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

फेला परेका शव मध्ये मलेसियन नागरिक याकूबको हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौँ पठाइएको छ भने मालडवाका नागरिक व्रिन्चको शव उद्धार गर्न बाँकी छ ।

Advertisement

प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार याकूब सगरमाथाको चुचुरोमा पुग्न करिब २० मिनेटको दुरी बाँकी रहँदा मृत्यु भएका थिए ।

Advertisement

लाय पायनियर एड्भेन्चर प्रा.लि.ले मार्फत सगरमाथा आरोहणमा आएका उनको शव कम्पनीले नै डाईनेष्टिक एयरको हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लगेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

यस्तै गत बैशाख ३१ गते सगरमाथा आरोहणको क्रममा सगरमाथाको साउथ पोलबाट बेपत्ता बनेका मालडवाका नागरिक ४६ भिक्टर व्रिन्चको शव पनि आज फेला परेको प्रहरीले जनाएको छ । यद्यपी उनको शव भने उद्धार हुन सकेको छैन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै