spot_img

पासाङ दावा २७ औँ पटक सगरमाथा शिखरमा, २८ औँ पटक आरोहण गर्दै कामीरिता

spot_img

जेठ ८, सोलुखुम्बु । पासाङदावा (पादवा) शेर्पाले २७ औँ पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । आज सोमवार शेर्पाले २७ औँ पटक सगरमाथाको आरोहण गरेको सर्भेयर खिमलाल गौतमले जानकारी दिए ।

Advertisement

उनी सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का बासिन्दा हुन् । योसँगै पासाङदावा शेर्पा र कामीरिता शेर्पाको सगरमाथा आरोहण बराबरी भएको छ ।

Advertisement

कामीरिता पनि २७ औँ पटक सगरमाथा पुगिसकेका छन् । पासाङदावा शेर्पाले यही सिजनमा दोस्रो पटक सगरमाथा आरोहण गरेका छन् ।

Advertisement

अब कामीरिताले २८ औँ पटकको आरोहणका लागि तयारी थालेको र मौसमले साथ दिएमा भोलि मङ्गलवार नै आरोहण थाल्ने गौतमले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै