spot_img

जिन्दगी धान्न विगत डेढ दशकदेखि निगुरोको सहारा !

spot_img

जेठ ८, सोलुखुम्बु । जंगलमा पाईने निगुरो हिमाली जिल्ला सोलुखुम्बुका कतिपय महिलाका लागि घर धान्ने गतिलो श्रोत बन्न थालेको छ । जंगल तथा खोलाखाल्सीमा आफै उम्रिएको निगुरो बिक्रीबाट गृहिणीहरुले घर खर्चदेखि बालबालिकाको पढाई खर्च समेत धानिरहेका छन् ।

Advertisement

निगुरो बिक्रीबाट आएको आम्दानीले घरखर्च देखि बालबालिकाको पढाई खर्च समेत धान्ने गरेका छन् । माप्यदुधकोशी गाउँपालिका ५ काँकुकी ५० वर्षिया डोल्मा शेर्पाको दैनिकी निगुरो टिप्नमै वित्ने गर्दछ । विहानै सवेरै उठ्नु र भुटेको मकै पोको पारेर जंगलतिर निगुरो खोज्न जानु उनको दैनिकी नै बनेको छ ।

Advertisement

हप्ताभरी संकलन गरेको निगुरो शनिबार सदरमुकाम स्थित साप्ताहिक हाट नयाँ बजारमा बिक्री गरेर खर्च चलाउनु डोल्माको बाध्यता हो । सल्लेरीको साप्ताहिक हाट नयाँबजारको एक कुनामा निगुरो बच्दै गरेको अवस्थामा भेटिन् डोल्मा शेर्पा । निगुरो बिक्रीबाट आएको आम्दानीले घरखर्च देखि बालबालिकाको पढाई खर्च समेत धान्नुपर्ने उनको बाध्यता छ ।

Advertisement

उनले भनिन्, नगरे के गर्नु, ‘हामी गरिबलाई कसैले ऋण पत्याउदैन्, यहि जंगलको निगुरो टिप्छु, बिक्री गर्छु र छोराछोरीलाई पढाउछु, आम्दानीको अरु बाटो छैन त के गर्नु खै ।’

न्यून आय स्रोत भएकाहरूलाई बर्षातमा उत्पादन हुने निगुरो बरदान नै सावित भएको छ । चारकोशे झाडीभित्र पाइने निगुरोको साग बेचेरै डोल्माले घरखर्च मात्रै चलाएका छैनन कि त्यसैबाट बालबालिका समेत पढाउँदै आएकी छन् ।

वर्षातमा निगुरो बेचेर र हिउँदमा पिडालु बिक्री गरेर डोल्माले हप्तामा ३ हजार रुपैयाँ सम्म आम्दानी गर्छिन् भने त्यहि आम्दानीबाट १० जनाको परिवार धान्दै आएकी छन् । विहान उज्यालो नहुँदै जंगल तथा खोलाखोल्सीमा पुग्ने डोल्मा साँझ परेपछि मात्रै जंगलबाट फर्किने गर्छिन् ।

जंगलमा यतिकै खेर जाने निगुरोको साग बेचेरै करिब १५ वर्षदेखि डोल्माले आफ्नो जिन्दगी धान्दै आएकी छन् । डोल्मा त एक उदाहरणका पात्र मात्रै हुन् । उनीजस्ता कयौँ महिलाहरुको आम्दानीको श्रोत नै जंगलमा पाईने निगुरो बनेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै