spot_img

एक सातामा साढे ४ सय बढीले चुमे सगरमाथको शिखर, ११ को मृत्यु

spot_img

जेठ ७, सोलुखुम्बु । यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमती लिएका मध्ये लगभग ४५५ जनाले सगरमाथा चुमिसकेका छन् ।

Advertisement

यस सिजनमा ४७८ जनाले अनुमति लिएका छन् । तर आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको संख्या भन्दा दोब्बरले धेरै हुने पर्यटन विभागले जनाएको छ । यस सिजनको आरोहण बैशाख ३० गतेबाट सुरु भएको हो ।

Advertisement

आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले बैशाख ३० गते दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) गरेपछि आरोहणको बाटो खुलेको थियो । सामान्यतया सगरमाथा आरोहणका लागि जेठ १५ सम्मको समय अनुकूल रहेको बताइएको छ ।

Advertisement

यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै