spot_img

दुवै खुट्टा गुमाएका बुढामगरले चुमे सगरमाथाको शिखर

spot_img

जेठ ७, सोलुखुम्बु । घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर चुमेका छन् । शुक्रवार दिउँसो बुढा मगरले सगरमाथा आरोहण गरेको जनसम्पर्क समितिले जानकारी दिएका छन् ।

Advertisement

यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन् । मगरले कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा आरोहण गरेका हुन् । आरोहणको जनसम्पर्क हेर्ने हिम विष्टका अनुसार मगरको टोलीले शुक्रवार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेका हुन् ।

Advertisement

उक्त आरोहण दलको नेतृत्व कृष्ण थापाले गरेको जनाइएको छ । संसारको शिखरमा चढ्न आफुले सक्दा अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्ने आरोही मगरले बताए ।सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन् ।

Advertisement

ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए । उनले दुवै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए ।

साहसिक खेलमा समेत रुचि राख्ने मगरले हालसम्म मोँ ब्लाँ, मेरा पिक, बेन नेभिस, किलिमन्जारो जस्ता हिमालहरू चढिसकेका छन् । दुवै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन् ।

चिनियाँ पर्वतारोही सिया बोयूले र न्यूजील्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए । उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन् भने घँुडामाथी सम्म खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्न सफल बुढामगर पहिलो व्यक्ति हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै