spot_img

निगमले डिजेलको मुल्य घटाएपनि सोलुमा घटेन

spot_img

जेठ ३, सोलुखुम्बु । हिमाल जिल्ला सोलुखुम्बुमा आयल निगमनले घटाएको इन्धनको मुल्य नघटेको पाइएको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेलकोे मुल्य प्रतिलिटर १० रुपैयाँले घटाएपनि जिल्लामा पुरानै मुल्यमा बिक्री भईरहेको पाइएको हो ।

Advertisement

सदरमुकाम सल्लेरीको पेट्रोल पम्पमा अहिले डिजेल प्रतिलिटर १७६ रुपैयाँ ३० पैसामा बिक्री भईरहेको छ । घटेको मुल्य कार्यन्वयन हुँदा १६६ रुपैयाँ ३० पैसामा बिक्री गर्नुपर्नेमा घटेको मुल्य कार्यन्वयन नभएको सवारी चालकहरु बताउँछन् ।

Advertisement

जिल्लामा अहिले दुधकोशी पेट्रोल पम्प र नमुना दुधकुण्ड आयल पम्प स्टोर्सले इन्धन सेवा दिदै आएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले यस विषयमा अनुगमन गरी कम्जोरी पाइए कारबाही गर्ने चेतवानी दिएका छन् ।

Advertisement

प्रजिअ भट्टराईले भने, ‘निगमनले घटाएको मुल्य गएराती देखि नै देशभर लागु भएकाले सोलुमा नहुने भन्ने हुन्न, प्रहरीसँग समन्वय गरेर निगरानी गर्छौँ कम्जोरी पाइए कानुनी दायरामा ल्याउँछौँ ।’

आधिकारिक पम्प बाहेक कतिपयले ब्ल्याकमा समेत इन्धन बिक्री गर्दै आएको बताइएको छ । ब्ल्याकमा इन्धन बिक्री गर्नेहरुले समेत स्टकको नाममा आयल निगमले घटाएको मुल्य कार्यन्वयन नगरेको पाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै