spot_img

कामीरिता शेर्पाको अर्को कीर्तिमान, २७ औं पटक सगरमाथा आरोहण

spot_img

जेठ ३, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको २७औँ पटक आरोहण गरी किर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान भंग गरेका छन् ।

Advertisement

५३ वर्षीया कामीरिताले आज बिहान ८ः३० बजे २७औँ पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । सगरमाथामा सबैभन्दा सफल आरोहणको विश्व कीर्तिमान कामीरिताले बनाएकी छन् ।

Advertisement

यसअघि पासाङ दावा शेर्पाले २६ पटक सगरमाथा आरोहणको कीर्तिमान बराबर गरिसकेका छन् । सेभेन समिट ट्रेक्स प्रालिमा सिनियर क्लाइम्बिङ गाइडका रुपमा कार्यरत कामीरिताले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।

Advertisement

२०२३ मा उनले २७ पटक, केटु र ल्होत्से एक पटक, मनास्लु तीन पटक र चो ओयु आठ पटक आरोहण गरेका छन् । त्यस्तै कामीरिता शेर्पाको नाममा ‘सबैभन्दा बढी ८ हजार मिटर आरोहण’ को कीर्तिमान छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै