जेठ २, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालबाट संकलन गरिएको झण्डै एक टन फोहोर सगरमाथा प्रदुषण नियन्त्रण समिति(एसपीसीसी)लाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल’ अभियान मार्फत संकलित ९५० किलो नकुहिने फोहोर आज मंगलबार नाम्चेमा एसपीसीसीलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएको कुहिने फोहोरको नाम्चेमा नष्ट गरिने एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाले बताए । प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जना नेपाली सेना र अन्य समुहले गत चैत्र २० गतेबाट सगरमाथा र ल्होत्से हिमाल सफाई गरिरहेका छन् ।
‘सफा हिमाल’ अभियान जेठ १५ गते सम्म जारी रहने नेपाली सेनाका सेनानी खिम बहादुर डाँगीले जानकारी दिए । नकुहिने फोहोर हेलिकप्टर मार्फत काठमाण्डौँ लगिने नेपाली सेनाले जनाएको छ ।