spot_img

सोलुखुम्बुमा भिरबाट लडेर एक जनाको ज्यान गयो

spot_img

जेठ २, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ बेनीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोलुदुधकुण्ड नगरपालिका २ सालाबेशीका अन्दाजी ४८ वर्षीय कुमार विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार बेनी दोलाङ्गेमा घर बनाउने काम गर्दै आएका विश्वकर्मा कामबाट घर फर्कने क्रममा दोलाङ्गे भिरबाट लगेर घटना स्थलमै ज्यान गएको हो ।

Advertisement

कामबाट बैशाख ३१ गते विहान घर जान्छु भनी हिडेरका विश्वकर्मा बेपत्ता भएपछि स्थानीय र प्रहरीले खोजतलास गर्दा जेठ १ गते लडेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

उनको शव पोष्टपार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै