spot_img

बरुन्त्से हिमालबाट १८ हजार किलो बढी फोहोर महाकुलुङ झारियो

spot_img

जेठ १, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ मा अवस्थित बरुन्त्से हिमालबाट १८ टन (१८ हजार किलो) बढी फोहोर संकलन गरिएको छ । ‘सफा हिमाल २०२३’ अभियान अन्र्तगत नेपाली सेनाको नेतृत्वमा गएको हिमाल सफाई टोलीले १८ हजार ५६० किलो फोहोर संकलन गरेको हो ।

Advertisement

बरुन्त्से हिमालको दोश्रो क्याम्पसम्म पुगेर संकलन गरिएको फोहोरमा डोरी, टिनको क्यान, पाल, फलामका टुक्रा, इपिग्यासका खोल, प्लाष्टिक, टेन्ट, कपडा, रबर, कागज, बोतल लगायतका रहेका छन् ।

Advertisement
1 4

१५ हजार ५१० किलो नकुहिने र ३ हजार ५० किलो कुहिने उक्त फोहोर हेलिकप्टर मार्फत महाकुलुङको पेल्माई ल्याएको नेपाली सेनाका मेजर समिर बहादुर बस्नेतले जानकारी दिए ।

Advertisement

उनका अनुसार कुहिने फोहोर महाकुलुङ गाउँपालिका २ पेल्माङमा नष्ट गरिएको छ भने नकुहिने फोहोर गाडी मार्फत काठमाण्डौँ लगिने छ । नकुहिने फोहोरहरुलाई काठमाण्डौँ स्थित रिसाईकलन कम्पनीमा जिम्मा लगाइने उनले बताए ।

4

१० हजार किलो फोहोर संकलन गर्ने लक्ष्यका साथ गत चैत्र २३ गते निस्किएका नेपाली सेनाको टोलीले लक्ष्य भन्दा बढी फोहोर संकलन गरेको छ । यद्यपी निरन्तरको हिमपात र हावाका कारण क्याम्प २ भन्दा माथी जान नसकिएको मेजर बस्नेतले बताए ।

3 2

७ हजार १६२ मिटर उचाई भएको बरुन्त्से हिमाल सफाईका लागि ९ जना सेना र २३ जना शेर्पाको टोली खटिएका थिए । वातावरण मन्त्रालय अन्र्तगत ‘सफा हिमाल अभियान २०२३’ मार्फत नेपाली सेनाको अगुवाईमा भएको जनाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै