spot_img

वसन्त ऋतुमा सगरमाथा आरोहण सुरु, ३ नेपालीसहित ६ जनाले चुमे चुचुरो

spot_img

बैशाख ३१, सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथामा बसन्त ऋतुको पहिलो सफल आरोहण गरिएको छ । आज आईतबार विहान पौने ९ बजे ३ विदेशी र ३ नेपाली गरि ६ जना आरोहीले सगरमाथा चुचुरोमा सफलतापुर्वक पाईला टेकेसगै यो सिजनको आरोहण शुरु भएको हो ।

Advertisement

पहिलो आरोहण गर्नेमा पाकिस्तानी नागरिक माईली तानी, अमेरिकन महिला आरोही जेसिका र हंगेरियाका मटन टि सेर्स रहेका छन् । त्यस्तै पहिलो आरोहणबाटै नेपाली आरोही पासाङदावाले २६ औं पटक सगरमागा चढेर किर्तिमान राखेका छन् ।

Advertisement

खुम्बु पासाङल्हमु गाउपालिका वडा नम्बर ४ पाङबोचे निवासि पासाङदावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर नया किर्तिमान राखेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि) का अध्यक्ष लामाकाजी शेर्पाले बताए ।

Advertisement

त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बुपासाङल्हमु ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउका आङङिमा शेर्पा रहेका छन् । अहिले आधार शिविर भन्दा माथि शैंयौको संख्यामा आरोहीहरु चुचुरो तर्फ लागेका छन् ।

हिजो दिउसो मात्रै चुचुरोसम्म आईसफल डाक्टरहरुले डोरी टाग्ने काम सम्पन्न गरेका थिए । आरोहणको ७० बर्षे ईतिहासमा पहिलो पटक सगरमाथामा धेरै आरोहीले आरोहण अनुमति लिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै