spot_img

सोलुको छेस्काममा फैलियो फौजी किराको प्रकोप

spot_img

बैशाख २९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । केहि हप्तादेखि महाकुलुङ गाउँपालिका ३ छेस्काम क्षेत्रको मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप फैलिएको किसानले बताएका छन् ।

Advertisement

फौजी किराले मकैको बोट सखाप बनाएको छ भने आलु लगायत अन्य बोटविरुवा तथा घाँसपातहरुको पात समेत छियाछिया बनाएको स्थानीय उद्धप कुलुङले जानकारी दिए । उनले भने, ‘किराले मकैको गुभा खाईदिएर डाँठ मात्रै बनाएको छ, आलुको पातहरु पनि नष्ट भईसकेको छ ।’

Advertisement

बालीमा किराको प्रकोप फैलिएपछि किसान चिन्तितको बनेका छन् । किरा नियन्त्रणका लागि महाकुलुङ गाउँपालिकाले कृषि प्राविधिकहरु फिल्डमा खटाएर विषादी छर्किने काम भईरहेको छ यद्यपीे किरा तिब्र रुपमा फैलिरहेकाले नियन्त्रणमा चुनौती थपिएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

ति किराहरु रातको समयमा तिब्र गतिमा फैलने र बालीमा क्षति पु¥याउने गरेको स्थानीय बताउँछन् । यस्तै सोताङ गाउँपालिका क्षेत्रमा पनि फाट्टफुट्ट मात्रामा किराको प्रकोप देखिएको किसानले बताएका छन् ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख दुर्गा बहादुर तिरुवाले किराको प्रकोपको अभिलेख संकलनको काम भईरहकाले नियन्त्रणमा जुट्ने बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै