spot_img

खुम्बुमा पर्यटकको चाप बढेसँगै बस्ने ठाउँको अभाव

spot_img

बैशाख २६, सोलुखुम्बु । सगरमाथा क्षेत्रका होटल पसलहरु स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ बनेसँगै बस्ने ठाउँको अभाव हुन सुरु भएको छ । वसन्त ऋतृ सुरु भएसँगै पर्यटक धेरै हुँदा बस्ने ठाउँको अभाव भएको हो ।

Advertisement

पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटक धेरै हुँदा यस पटक खुम्बु गाउँपालिका क्षेत्रका होटल लजहरु भरीभराउ भई बस्ने ठाउँको अभाव भएको व्यवसायीहरुले बताएका छन् । खुम्बुको लोबुचे र गोरक्षेप क्षेत्रमा पर्यटकहरुको लागि बस्ने ठाउँ अभाव भएको पर्यटकका गाईड तथा सहयोगीहरुको गुनासो छ ।

Advertisement

हरेक बर्ष वसन्त ऋणमा हिमाल आरोहण र पदयात्राका लागि जानेहरुका कारण खुम्बु क्षेत्रमा चहलपहल बढी हुने गरे पनि कोरोना महामारीका कारण अघिल्ला दुई–तीन बर्षमा कम पर्यटक गएका थिए । यस बर्ष भने विगतका बर्षहरुमा भन्दा निकै धेरै पर्यटक खुम्बु क्षेत्रमा पुगेको पर्यटन व्यवसायीहरुको भनाई छ ।

Advertisement

पर्यटकहरुसँग गाइड र सामान बोकेर जाने भरियासमेत हुने गर्छन् । भरियाहरुले बढी खाने बस्ने ठाउँको समस्या झेल्नुपरेको छ । सगरमाथा आधार शिविर जाने बाटोमा होटल, लजहरु रहे पनि लोबुचे र गोरक्षेप क्षेत्रमा ठाउँको अभाव रहेको पर्यटक भरिया मिलन राईले बताए ।

पोटर (भरिया) हाउसमा मान्छे नअटेर तीन–चार घण्डा हिडेर तल्ल आएर बास बस्नुपर्ने अवस्था रहेको राईको भनाई छ । सगरमाथा आधार शिविर पदयात्रामा जार्दै गरेका एक पदयात्री बिनोद राईले लोबुचे र गोरक्षेप क्षेत्रमा सिमित होटल र लज हुँदा पर्यटक र पथप्रदर्शक भान्सा कोठा मै रात बिताउनुपर्ने अवस्था रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै