spot_img

सगरमाथामा अझै बाटो तयार हुन सकेन, आरोहणमा धक्का

spot_img

बैशाख २५, सोलुखुम्बु । जारी सिजनमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिए पनि बाटो नबनेका कारण आरोहण अवधि छोटिने भएको छ । विगतका वर्षमा यति बेला आरोहणका लागि (डोरी टाँग्ने) बाटो तयार भइसकेका हुन्थे तर यस पटक प्रतिकूल मौसमका कारण बाटो तयार नहुँदा आरोहण अवधि छोटिने भएको हो ।

Advertisement

गत वर्ष वैशाख २४ गते ११ जना शेर्पा समूह (आइसफल डाक्टर)ले चुचुरोसम्मै बाटो तयार पारेपछि सगरमाथा आरोहण सुरु भएको थियो । नेपाल पर्यटन विभागका अनुसार हाल साउथ कोल (चोथो शिविर) सम्म बाटो तयार भइसकेको छ तर त्यहाँभन्दा माथिको बाटो तयार पार्न बाक्लो हिमपात र उच्च गतिको हावाहुरी बाधक बनिरहेको छ ।

Advertisement

प्रतिकूल मौसमका कारण चुचुरोसम्मको बाटो बनाउन अझै एक साता लाग्ने भएपछि यस पटकको आरोहण अवधि छोटो हुने विभागले जनाएको छ । विभागका निर्देशक युवराज खतिवडाका अनुसार आरोहणका लागि सगरमाथा क्षेत्रमा रहेका आरोही तेस्रो शिविरसम्म आरोहणको अभ्यास गर्दै चुचुरोमा पुग्न अनुकूल मौसमको प्रतीक्षामा छन् ।

Advertisement

जेठ १५ गते सगरमाथा आरोहणको अन्तिम दिन भएकाले यस पटक छोटो समयमा धेरै आरोही आरोहणको प्रतीक्षामा रहेको बताइएको छ । यस पटक सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या उल्लेख्य रहेकाले सम्भावित ट्राफिक जामलाई व्यवस्थापन गर्न सम्बद्ध एजेन्सीहरूलाई व्यवस्थापनका लागि निर्देशनसमेत दिइसकेको उनको भनाई छ ।

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार एक सातादेखि प्रतिकूल बनेको मौसमका कारण बाटो बनाउन खटिएका आइसफल डाक्टरहरू आधार शिविरझरेका छन् । मौसम सुधारको सङ्केत पाउनेबित्तिकै बाटो बनाउन जाने तयारी अवस्थामा रहेको बताइएको छ ।

इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले आगामी एक साता आइतबारको जस्तै मौसम कायम रहे वैशाख २९ गते चुचुरोसम्म बाटो तयार हुने विश्वास व्यक्त गरे । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी० ले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म वैशाख १० गते नै बाटो खुलिसकेको थियो ।

यस पटक ६५ देशका ४३ आरोही समूहका ४६६ आरोहीले आरोहण अनुमति लिएको विभागले जनाएको छ । जसमा ९८ महिला र ३६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो सिजनको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । यसअघि सबैभन्दा धेरै सन् २०१९ मा ३१५ जनाले आरोहण अनुमति लिएका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै