spot_img

नेपाल ट्रेड युनियन काङ्ग्रेस सोलुको अध्यक्षमा उपाध्याय

spot_img

बैशाख २३, सोलुखुम्बु । नेपाल ट्रेड युनियन काङ्ग्रेस सोलुखुम्बुको अध्यक्षमा भानुभक्त उपाध्याय चयन भएका छन् । आज शनिबार जिल्ला सदरमुकाम सल्लेरीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षहरुमा दिपेन्द्र पराजुली, मेमकुमारी राजभण्डारी, केशव ढुंगाना र आङ काजी शेर्पा चयन भए । सहसचिवमा लक्ष्मण राई र रिन्जी पासाङ राई, कोषाध्यक्षमा राम बहादुर बराईली र सहकोषाध्यक्षमा गोल्डेन राई चयन भएका छन् ।

Advertisement
FB IMG 1683383063265

अधिवेशनले प्रदेश प्रतिनिधि २ जना र सङ्घिय प्रतिनिधि १ जना छनौट गरेको छ । नेपाली काङ्ग्रेस निकट ट्रेड युनियनले श्रमिकको हक अधिकारका निम्ति लड्ने नवनिर्वाचित अध्यक्ष उपाध्यायले सत्य प्रेससग बताए ।

Advertisement

जिल्लाका श्रमिकहरुलाई परेको अन्याय र समस्या समाधानमा आफू नेतृत्वको कार्यसमिति सशक्त रूपमा प्रस्तुत हुने उपाध्यायको भनाई छ ।

FB IMG 1683383067746
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै