spot_img

भारतको करोडौँ लगानीमा बन्दै महाकुलुङमा गुम्बा, राजदुत श्रीवास्तवले गरे शिलन्यास

spot_img

बैशाख २२, सोलुखुम्बु । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले बुद्धको पवित्र जन्मभुमि नेपालको धार्मिक विकासमा सहयोग गर्ने बताएका छन् । बुद्ध जयन्तीका दिन शुक्रबार सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ खिरौलेमा निर्माण हुन लागेको गुम्बाको शिलन्यास गर्दै राजदुत श्रीवास्तवले यस्तो बताएका हुन् ।

Advertisement

भारत सरकारको ३ करोड ८५ लाखको लगानीमा जिल्लाको महाकुलुङमा ङोन्गा देक्छोन छोलिङ मेडिटेसन सेन्टर(गुम्बा) निर्माण सुरु भएको छ । करिब ४ करोडको लागतमा एक वर्ष भित्र निर्माण सक्ने गरी ठेक्का लागेको गुम्बाका लागि अपुग रकम गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले जानकारी दिए ।

Advertisement

कार्यक्रममा गाउँपालिकाले वडा नम्बर १ मा एउटा, २ मा एउटा र ५ मा एउटा विद्यालय भवन निर्माण गरिदिन राजदुत समक्ष आग्रह गरेको छ । यस्तै वडा नम्बर ३ मा स्वास्थ्य चौकी भवन, ४ मा अस्पताल भवन र २ मा प्रथामिक अस्पतालको कर्मचारी आवास गृह निर्माण गरिदिन आग्रह गरेको गाउँपालिका अध्यक्ष कुलुङले बताए ।

Advertisement

उक्त माग प्रति राजदुत श्रीवास्तवले आफुहरु सकरात्मक रहेको भन्दै थप सल्लाह गरे अघि बढ्ने बताएका छन् । राजदुत श्रीवास्तव हेलिकप्टर मार्फत शुक्रबार नै लुक्ला पुगेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै