spot_img

फिक्कल गाउँपालिकाले सुरु गर्‍यो भिडियो एक्सरेसहितको महिला लक्षित निःशुल्क स्वास्थ्य शिविर

spot_img

बैशाख २२, सोलुखुम्बु । सिन्धुलीको फिक्कल गाउँपालिकाले महिलाहरुलाई लक्षित गर्दै भिडियो एक्सरेसहितको निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । गाउँपालिका स्वास्थ्य शाखाले मेरी स्टोर नेपाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा गत बुधबारदेखि निःशुल्क शिविर सुरु गरेको हो ।

Advertisement

शिविरमा प्रजनन, परिवार नियोजन तथा यौन रोग सम्बन्धी सेवा प्रवाह हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रलव घिमिरेले जानकारी दिए । बैशाख २० र २१ गते वडा नम्बर १ र ३ मा सम्पन्न शिविरमा सयौँ महिलाहरु लाभान्वित भएका छन् । दुई दिनको अवधिमा ३० जनाले भिडियो एक्सरे सेवा, १०४ जनाले भिआइए सेवा र ६४ जनाले यौन रोग जाँच तथा उपचार सेवा लिएका छन् ।

Advertisement

यस्तै ३० जनाले परिवार नियोजन (इम्प्लान्ट र आइयूसिडि) सेवा, ४ जनाले पाठेघर खसेका कारण रिङ राखेको र १ जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । सोही शिविर बैशाख २२ गते सुम्नामपोखरी स्वास्थ्य चौकी, २३ गते खाङसाङ स्वास्थ्य चौकी, २४ गते स्वल्पाठाना स्वास्थ्य चौकी र २५ गते रत्नावती स्वास्थ्य चौकीमा हुने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

Advertisement

महिलासँग सम्बन्धी स्वास्थ्य समस्या भए शिविरमा आई निःशुल्क सेवा लिन हुन गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले आग्रह गरिन् । ग्रामिण भेगका महिलाहरुले उपचारको अभावमा भोग्नुपरेको स्वास्थ्य समस्यालाई ध्यान दिदै पालिकाले घुम्ति शिविरको आयोजना गरिएकाले मौकाको फाईदा उठाउन अध्यक्ष सुनुवारको आग्रह छ ।

लाखौँ खर्च गरेर सुविधासम्पन्न अस्पतालमा पुगेर लिनुपर्ने स्वास्थ्य सेवा गाउँमै प्राप्त भएपछि महिलाहरु खुसी भएका छन् । स्थानीय सरकारको प्राथमिकतामा महिला स्वास्थ्य परेको भन्दै महिलाहरुले पालिकालाई धन्यवाद दिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै