spot_img

सगरमाथाबाट २५० किलो फोहोर नाम्चे झारियो

spot_img

२१ बैशाख, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट २५० किलो फोहोर सोलुखुम्बुको नाम्चे झारिएको छ । नेपली सेनाको हिमाल सफाई अभियान टोलीले संकलन गरेको २५० किलो फोहोर सोमबार नाम्चे झारिएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

Advertisement

उनका अनुसार नेपाली सेनाले क्याम्प एक सम्म संकलन गरेको टेन्ट, बोतल, प्लाष्टिक, आल्मोनियम लगायतका फोहोर हेलिकप्टर मार्फत नाम्चे ल्याएको हो । नाम्चे स्थित नेपाली सेनाको क्यारेकमा राखिएको उक्त फोहोर जल्ने र नजल्ने विभाजन गरि जल्ने फोहोर एसपीसीसीको जिम्मा लगाइने र नजल्ने फोहोर हेलिकप्टर मार्फत काठमाण्डौँ लैजाने नेपाली सेनाले जनाएको छ ।

Advertisement

नेपाली सेनाको प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १३ जनाको तालिम प्राप्त टोली गत चैत्र १७ गतेदेखि सगरमाथा सफाई अभियानमा खटिएका छन् । जेठ १४ गते सम्म जारी रहने सफाई अभियानमा करिब ४ हजार किलो फोहोर सगरमाथा क्षेत्रबाट संकलन गर्ने नेपाली सेनाले लक्ष्य लिएको एसपीसीसीले जनाएको छ ।

Advertisement

सगरमाथासहित ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमाल सफाईको लागि सेनाको जनशक्ति खटिएका छन् । सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य सञ्चालन हुने ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत २०७९ चैत्र १४ गते प्रधान सेनापति प्रभुराम शर्माबाट फ्ल्याग अफ सेरोमोनी हस्तान्तरण गरिएकोे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट यस वर्ष करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य छ । अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै