spot_img

पालिका प्रतिभा २०८० : साकेलामा गायनतर्फ दियाली उत्कृष्ट

spot_img

भिम राई, २० वैशाख, खोटाङ । खोटाङ कलाकार समाज काठमाडौंको आयोजनामा संचालित पालिका प्रतिभा २०८० मा साकेला गाउँपालिकामा गायनतर्फ रबिन दियाली पालिका उत्कृष्ट भएका छन् । साकेला गाउँपालिकाको सभाहलमा भएको प्रतिभा छनौट प्रतियोगिताको फाइनल अडिसनबाट दियाली प्रथम भएका हुन ।

Advertisement

यस्तै साकेला गाउँपालिका प्रतिभा २०८० कै नृत्य विधातर्फ मेनुका राईले जितेकी छन् । जिल्लाको विभिन्न पालिकामा रहेको प्रतिभा खोजी गर्ने अभियान अन्तर्गत मंगलबार भएको फाइनल अडिसनमा गायन र नृत्य विधाको उत्कृष्ट तीन तीन जना प्रतिभा छनौट गरिएको हो ।

Advertisement

पालिका प्रतिभा २०८० को खोजी अभियान अन्तर्गतको अन्तिम कार्यक्रम साकेला गाउँ पालिकामा गायन तर्फ दोस्रो हुने जुनु राई, तेस्रो स्थानमा राइसर राई छानिएका छन् । यसैगरी नृत्यतर्फ दोस्रो सुजता भुजेल र तेस्रो स्थानमा स्मारीका राई छानिइन् ।

Advertisement

प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमश नगद १० हजार, ७ हजार र ५ हजार रूपैयाँको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा साकेला गाउपालिका उपाध्याक्ष बिर्सिका राई, खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई र साकेला गाउँपालिका प्रशासकीय अधिकृत, महेश राईले सहभागी तथा विजेताहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै