spot_img

महाकुलुङमा पहिलो पटक कविता र गजल प्रतियोगिता, युनिका र गणेशलाई उपाधि

spot_img

बैशाख १९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङमा पहिलो पटक आयोजित खुल्ला पालिका स्तरिय कविता र गजल लेखन तथा बाचन प्रतियोगिताको उपाधि युनिका कुलुङ र गणेश कुलुङले जितेका छन् ।

Advertisement

महाकुलुङ गाउँपालिका ४ गुदेलमा सोमबार सम्पन्न प्रतियोगितामा कवितातर्फ युनिका कुलुङ र गजलतर्फ गणेश कुलुङले उपाधि जितेका हुन् । यस्तै कवितातर्फ विविशिका कुलुङ, गणेश कुुलुङ र दिपन कुलुङ क्रमशः द्वितिय, तृतिय र सान्त्वना भए ।

Advertisement

यस्तै गजलतर्फ ज्ञानुका कुलुङ द्वितिय र सञ्जय कुलुङ तृतिय भएको आयोजक एवं स्थानीय साहित्यकार युमन खालिङ(मनुहाङ सोलु)ले जानकारी दिए । प्रतियोगिताको दुवै विधामा स्थान ओगट्न सफल प्रतियोगिहरुलाई क्रमश नगद २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय तथा सहभागि सबैलाई प्रमाणपत्र वितरण गरिएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले स्थानीय सरकार कला र साहित्य क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका छन् । गाउँपालिकामा पहिलो पटक साहित्यिक कार्यक्रम आयोजना भएको भन्दै अध्यक्ष कुलुङले महाकुलुङ लोकसेवाको क्षेत्रमा अघि रहेकाले साहित्य क्षेत्रमा पनि नाम राख्ने कार्यको थालनी भएको बताए ।

प्रतियोगिहरुको माँझमा आयोजक मनुहाङ सोलु र झलक राई

१५ जना स्थानीय साहित्यकारहरुको सहभागिता रहेको उक्त प्रतियोगिता स्थानीय युवाहरु मनुहाङ किराँती(युमन) र झलक कुलुङले आयोजना गरेका हुन् । विभिन्न व्यक्तिहरुसँग आर्थिक संकलन गरि आयोजना गरेको उक्त प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, गुदेल माविका प्रअ लवकुमार राई, वडा नम्बर ५ का अध्यक्ष महलसिं कुलुङसहित स्थानीय शिक्षक, विद्यार्थी, स्थानीयवासी लगायतको उपस्थिती थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै