spot_img

सल्लेरी आसपासको खोल्साखोल्सीमा फोहोरको डंगुर, ढल समेत खोल्सामै !

spot_img

बैशाख १६, सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरी आसपासको खोल्साखोल्सी फोहोरको थुप्रोले भरिएका छन् । पछिल्लो समय सोलुदुधकुण्ड नगरपालिका ४, ५ लगायतका क्षेत्रका खोल्साखोल्सीहरु विभिन्न फोहोरका थुप्रोले भरिएका हुन् ।

Advertisement

सल्लेरी बजार हुँदै बग्ने आधा दर्जन बढी खोल्साहरुमा जताततै प्लाष्टिकजन्य, कागजदेखि बच्चाको डाइपर तथा टिनको टुक्रा जस्ता फोहोरहरु समेत थुप्रिएका छन् । जसका कारण दुर्गन्ध समेत फैलिएको सर्वसाधरणको गुनासो छ । बजार क्षेत्रकै खोल्साखोल्सीहरु स्वच्छ हुन नसक्दा वर्षातको समयमा रोग फैलिने सम्भावना बढेको बसन्त बजारकी बुद्धलक्ष्मी तामाङले बताइन् ।

Advertisement

घर तथा कारखानाहरुमा उत्सर्जन भएका फोहोरहरु स्थानीयले जथाभावी खोला तथा खोल्साहरुमा फाल्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् । जसका कारण सल्लेरी क्षेत्रका खोेल्साहरुमा फोहोरको थुप्रो बढ्दै गएको सर्वसाधरणको भनाई छ ।

Advertisement

साथै सल्लेरी क्षेत्रको अधिकांश घरहरुबाट निस्किएको चर्पीको ढल समेत खोल्साखोल्सीमा मिसाउँदा दुर्गन्ध बढेको सल्लेरी बस्दै आएकी सरिता लामिछानेले बताइन् ।

सल्लेरीको खोल्साहरुमा मिसाईएको चर्पीको ढल

बजारमा नयाँ घरहरु निर्माण हुने क्रम बढ्दै जाँदा ति घरहरुको अधिकांश चर्पीको ढलहरु खोल्सामा आश्रित रहेको सल्लेरीकी पशी शेर्पाको भनाई छ । केहि समययता बजार क्षेत्रहरुमा समेत चक्लेट, विस्कुट, चाउचाउ जस्ता जंकफुडको खोलहरु फाल्ने क्रम बढेकोे सल्लेरीका ल्हाक्पा शेर्पाले बताए ।

फोहोर संकलनका लागि नगरपालिकाले सवारी कै व्यवस्था गरेको भएपनि स्थानीय तथा सर्वसाधरणले जथाभावी फोहोर फाल्दा समस्या भएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले बताइन् ।

सचेतनाको अभावमा भन्दा सचेत नागरिकहरुबाटै लापरबाही तवरले फोहोर फाल्दा समस्या भएको भन्दै उनको भनाई छ । फोहोर व्यवस्थापनका लागि नगरपालिका निर्मम ढंगले अघि बढ्ने नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै