spot_img

खुम्बुसहित कोशी प्रदेशका ३ पालिकामा अझै सडक पुग्न सकेन्

spot_img

१५ बैशाख, सोलुखुम्बु । कोशी प्रदेशका १४ जिल्लामध्ये ३ जिल्लाका ३ वटा गाउँपालिका केन्द्र सडक सञ्जालको पहुँच बाहिर रहेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका तथा संखुवासभाको भोटखोला र सिलिचोड गाउँपालिका केन्द्रमा हाल सम्म सडक पुग्न नसकेको हो ।

Advertisement

जसका कारण तिन पालिकाका बासिन्दा अझै खच्चड, हेलिकप्टर र भरियाले बोकेका सामग्रीमा निर्भर छन् भने महँगी अधिक रहेको सर्वसाधरण बताउँछन् ।१० स्थानीय तह रहेको संखुवासभाका बाँकी ८ पालिकामा सडक पुगेको छ भने ८ स्थानीय तह रहेको सोलुखुम्बुको खुम्बु बाहेक ७ पालिका केन्द्रमा सडक पुगेको छ ।

Advertisement

कोशीराजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी भोटखोला गाउँपालिका हुँदै तिब्बत जोड्ने १ सय ६२ किलोमिटर सडकमध्ये १० किलोमिटर अझै खन्न बाँकी नै छ । खाँदबारी र सिलिचोड जोड्ने छब्बिसेमा पुल नबन्दा सिलिचोड गाउँपालिकामा सडक पुग्न नसकेको हो ।

Advertisement

जसका कारण खाद्यन्न ढुवानीमा भरिया तथा खच्चडकै भर परिरहेको भोटखोलाका पासाङ खम्बा भोटे बताउँछन् । झापाको केचनाकवलदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्मको सडक मेची राजमार्ग हो । तर पाथीभरा याङवरक, फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका छुने यो सडक अहिलेसम्म ओलाङचुङगोलासम्म पुगेकै छैन ।

सोलुखम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा सडकको पहुँच नपुग्दा दैनिक उपभोग्य वस्तु निकै महंगो हुनेगरेको होटल व्यावसायी ल्हाक्पा दिकी शेर्पाको भनाई छ । यी गाउँपालिकाहरुमा कि हवाईमार्गबाट ढुवानी गर्नु पर्छ नभए भरीया र खच्चडको भर पर्नुपरेको छ ।

कोशी प्रदेश सरकारले सडक सञ्जाल नपुगेका यी स्थानीय तहमा नयाँ योजना ल्याएर सडक जोड्ने तयारी गरेको कोशी प्रदेशका भौतिक पुर्वाधार मन्त्री दुर्गा प्रसाद चापागाईं बताउँछन् । सरकारको हरेक स्थानीय तहमा सडक सञ्जाल पु¥याउने योजना पूरा हुन नहुँदा स्थानीयले नुन, तेल लगायतका दैनिक उपभोग्य सामग्री महंगोमा किन्नु परिरहेको छ ।

कोशी प्रदेशमा १ सय ३७ वटा स्थानीय तहमध्ये तीन जिल्लाका चार पालिकाका स्थानीयको दैनिकी कष्टकर छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै