spot_img

धवलागिरि हिमालमा बेपत्ता सोलुका राई मृत भेटिए

spot_img

सोलुखुम्बु । म्याग्दीको धवलागिरि हिमालमा बेपत्ता सोलुखुम्बुका एक युवक ५ दिनपछि मृत भेटिएका छन् ।

Advertisement

गत शुक्रबारदेखि हिमपहिरोमा बेपत्ता सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु फुलेलीका २० वर्षीय अमृत राई मंगलबार मृत भेटिएका हुन् ।

Advertisement

धवलागिरी आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ अमृतसहित फुलेलीका ३ जना हिमपहिरोमा परेका थिए

Advertisement

। दुर्घटनामा परेका धिरज राई र अर्जुन राईलाई भने शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेका थिए । मृतक राईको बुधबार पशुपतीमा अन्त्यष्टि गरिएको छ ।

८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै