spot_img

सगरमाथा आधार शिविरमा ३०० बढी आरोही अनुकुल मौसमको पर्खाइमा

spot_img

१२ बैशाख, सोलुखुम्बु । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ३०० भन्दा बढी आरोही अनुकुल मौसमको प्रतिक्षामा आधार शिविरमा रहेका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी आरोही समूहका झण्डै तीन सय आरोही सगरमाथाको चुचुरोमा पुग्न उपयुक्त मौसमको प्रतिक्षामा बसेका हुन् ।

Advertisement

सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् ।

Advertisement

आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार शिविरमा रौनक छाएको छ । अहिले विभागबाट आरोहण अनुमति धमाधम लिइरहेका छन् । केही आरोही बीचबाटोमै छन् ।

Advertisement

विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले सर्वोच्च शिखर सगमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका चार सय ५४ आरोहीले अनुमति लिएको जानकारी दिए । उनले अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताए ।

यो याममा सगरमाथा आरोहणका लागि उत्साहवर्द्धक रुपमा धमाधम आरोही आइरहेको उनले उल्लेख गरे । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले दोस्रो शिविरसम्म बाटो बनाइसकेका छन् । दोस्रो शिविरभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घ (एक्सपीडिसन अपरेटर्स एशोसिएसन)ले बाटो बनाउने कामलाई तीव्रता दिएको छ ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाउने जिम्मा पाएको छ भने दोस्रो शिविरिभन्दा माथि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै