spot_img

सिस्नेरीको विकल्पमा सोलुदुधकुण्डले खोल्यो नयाँ सडक

spot_img

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाकै टाउको दुखाईको बनेको साल्मे–तिङला स्थित सिस्नेरी सडकको बैकल्पिक सडक सुचारु भएको छ । पहिरोका कारण बारम्बर अवरुद्ध भईरहने सिस्नेरी सडकको विकल्पमा सोलुदुधकुण्ड नगरपालिकाले पेकरनासा—बेलीडाडाँ सडक सुचारु गरेको हो ।

Advertisement

सडक मार्गबाट जिल्ला सदरमुकाम भित्रिने एक मात्र मार्ग वर्षौदेखि पहिरोका कारण बारम्बर अवरुद्ध हुने भईरहेकाले विकल्पका लागि नगरपालिकाले नयाँ ट्रयाक खोलेको हो । उक्त ट्रयाकबाट अहिले नियमित रुपमा सवारी सञ्चालन समेत भईरहेको नगरपालिकाले जनाएको छ ।

Advertisement

सो सडकको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले शनिबार स्थालगत अनुगमन गरेका छन् । नगरप्रमुख शेर्पाले सडक अत्यन्त राम्रो र छोटो दुरीको समेत भएकाले नागरिकलाई सहजता हुने विश्वास व्यक्त गरे । वर्षौदेखि जिल्लावासीले भोग्दै आएको समस्या नगरपालिकाले आफ्नै श्रोत साधनमा छोटो समयै सम्पन्न गराएको भन्दै खुसी व्यक्त गरे ।

Advertisement

सोलुदुधकुण्ड नगरपालिका ११ का वडाध्यक्ष टंक काकीले जिल्लावासीलाई नै दुःख दिइरहेको सिस्नेरी पहिरोको सडकको विकल्प खोज्न सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उक्त सडक सिस्नेरी सडकको विकल्प मात्र नभई बेलीडाँडा तथा पत्ताले क्षेत्रका नागरिकहरलाई नगरपालिका केन्द्र तथा सदरमुकाम सल्लेरी जान समेत सहज र छोटो दुरीको भएको वडाध्यक्ष कार्कीले बताए ।

सोलुखुम्बु सदरमुकाम सल्लेरीलाई ओखलढुंगा, खोटाङसहित कोशी प्रदेशसँग सिधा सडक सञ्जालले जोडने मुख्य मार्गमा पर्ने तिङला स्थित सिस्नेरी सडक वर्षौदेखि पहिरोको चपेटामा परेको थियो । जसका कारण जिल्ला भित्रिने पर्यटकदेखि अन्य नागरिकहरु समेत सो सडकमा फस्ने गरेका थिए ।

पेकरनासा–बेलीडाँडा सडक ट्रयाक खुला भएसँगै नागरिकहरुलाई सहजता हुने विश्वास गरिएको छ । उक्त ग्रावेल सडकलाई चाडै स्तरउन्नती गरिने सोलुदुधकुण्ड नगरपालिकाको कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै