spot_img

सोलुमा पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण सुरु

spot_img

सोलुखुम्बु । सगरमाथाको जिल्ला सोलुखुम्बुमा पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लामा आज मङ्गलबारबाट कार्ड वितरणको औपचारिक थालनी गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

पहिलो पटक जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष राधिका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले कार्ड वितरण गर्दै औपचारिक थालनी गरिएको हो । पहिलो चरणमा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले १३ सय ३० थान कार्ड जिल्ला पठाएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईका अनुसार कार्ड छापिएर आएपछि सम्बन्धित ब्यक्तिलाई मोबाइल मार्फत म्यासेज जानेछ । त्यसपछि मात्रै सम्बन्धित व्यक्तिलाई वितरण गरिने जनाइएको छ । वि.स.२०७७ साउन ११ गतेदेखि विवरण दर्ता सुरु भएको जिल्लामा हालसम्म १५ हजार बढीले दर्ता गराएका छन् ।

Advertisement

विभागले आज मङ्गरबारबाट जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान पनि सुरु गरेको छ । नेपाली नागरिकतामा रहेको कमीकम्जोरीलाई हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्ने उदेश्यका साथ राष्ट्रिय परिचयपत्र ल्याइएको सरकारले जनाएको छ ।

अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डको रुपमा प्रयोग गर्न सकिने यस डिजिटल कार्डमा १० वटौ औँठाको छाप र आँखाको पर्दा समेतको व्यक्तिको परिचय समेटिन्छ ।

चिप सहितको कार्डमा व्यक्तिको बैयक्तिक र जैविक विरण समेत समेटिने भएकाले पनि राष्ट्रय परिचयपत्र महत्वपुर्ण रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै