spot_img

विभागले नै ताला लगाएको सल्लेरीको एक फार्मेसीले खुलेआम औषधी बेच्दै

spot_img

सोलुखुम्बु । औषधी व्यवस्था विभाग विराटनगरले ताला लगाएको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषधी पसलले खुलमखुला औषधी बिक्री गरिरहेको पाइएको छ ।

Advertisement

विभागले गत चैत्र २३ गते गरेको अनुगमनको क्रममा विभिन्न कम्जोरी औल्याई तत्काललाई औषधी बिक्री गर्न रोक लगाउँदै ताला लगाएको सल्लेरी मेडिकल हलले अहिले निर्वाद रुपमा औषधी बिक्री गरिरहेको पाइएको हो ।

Advertisement

अनुगमनको क्रममा करिब ४ वर्षदेखि फार्मेसी नविकरण नगरेको तथा औषधी पसलबाटै निर्माण सामाग्री देखि किराना सामान समेत राखेर बिक्री गरेको पाइएकाले औषधी पसलमा विभागले ताला लगाएको थियो ।

Advertisement

सबै सामाग्रीहरु एकै ठाउँ राखेर बिक्री गर्न नपाउने प्रावधान भएपनि सल्लेरी मेडिकल हलले त्यसको पटक पटक अवज्ञा गर्दै एकै स्थानबाट सबै सामाग्री बिक्री गरिरहेको पाइएको विभागले जनाएको छ । उक्त कम्जोरी सुधार गर्न पटक पटक समय दिदा समेत अटेर गरेकाले विभागमा नै उपस्थित हुन ७ दिने अल्टिमेटमसहित चैत्र २६ गते औषधी पसल तर्फको द्वारमा ताला लगाइएको फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले बताए ।

PPT 04 13 2023 09.19 1 1

सल्लेरी मेडिकल हलले चैत्र ३० गते औषधी बिक्री गर्दा काटेको विल

साथै उक्त फार्मेसीले २०७५ सालपछि दर्ता समेत नविकरण नगरेको पाईएको विभागले जनाएको छ । तर औषधी पसल तर्फको ढोकामा ताला लगाएपनि अर्को तर्फको ढोका प्रयोग गरी उक्त फार्मेसीले औषधी बिक्री गरिरहेको तथ्य सत्य प्रेसले फेला परेको हो ।

यता विभागले भने उक्त फार्मेसी सम्पर्कमा समेत नआएको बताएको छ । फार्मेसीको नविरकण समेत फेल भईसकेको र आफुहरुले पसल सञ्चालक भगवती गुरुङ (बज्राचार्य) लाई पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएको औषधी व्यवस्था विभागका प्रमुख टेकेन्द्र मिश्रले सत्य प्रेससँग बताए ।

उनले भने, ‘अब हामीले पटक पटक सचेत गराउँदा समेत सल्लेरी मेडिकल हलले हटेर गरेको छ, नागरिकको स्वास्थ्य माथी खेलवाड गर्ने छुट कसैलाई छैन यो गर्न पाइदैन् । औषधी पसलको लाईसेन्स चुस्तदुरुस्त भएको खण्डमा त्यहि अनुसार कारबाही प्रकया अघि बढ्थ्यो अब त्यो अवस्था पनि भएन, यस्तो अवस्थामा अब प्रहरीको सहायता लिएर सञ्चालकलाई नै पक्राउ गर्न लगाउनुको विकल्प छैन् । हामी त्यहि अनुसार अघि बढ्छौ ।’

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै