spot_img

सोलुखुम्बुमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान थालनी हुँदै

spot_img

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आज मंगलबारबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सुरु हुँदैछ । मंगलबार जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाबाट विवरण दर्ता अभियान थालनी हुने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

नगरपालिकाको वडा नम्बर ५ बाहेक सबै वडाको २ स्थानमा दर्ता क्याम्प खडा हुने प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए । नगरपालिकामा करिब १५ दिन भित्र अभियान सम्पन्न गरी अन्य पालिकामा सुरु गर्ने जनाइएको छ ।

Advertisement

राष्ट्रिय परिचयपत्र हरेक सेवाका लागि अतिआवश्यक दस्तावेज भएकाले दर्ता गर्न बाँकी रहेका सबैले अभियान मार्फत दर्ता गर्न प्रजिअ भट्टराईले आग्रह गरे । विभागबाट अन्य टोली पनि आउने क्रममा रहेकाले जिल्लाको सबै पालिकाको वडाहरुमा विवरण दर्ता अभियान संकलन गरिने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

नेपाली नागरिकतामा रहेको कमीकम्जोरीलाई हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्ने उदेश्यका साथ राष्ट्रिय परिचयपत्र ल्याइएको सरकारले जनाएको छ । अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डको रुपमा प्रयोग गर्न सकिने यस डिजिटल कार्डमा १० वटौ औँठाको छाप र आँखाको पर्दा समेतको व्यक्तिको परिचय समेटिन्छ ।

चिप सहितको कार्डमा व्यक्तिको बैयक्तिक र जैविक विरण समेत समेटिने भएकाले पनि राष्ट्रय परिचयपत्र महत्वपुर्ण रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै