spot_img

हवाई मार्गबाट एकैदिन ७०० बढी पर्यटक खुम्बु भित्रिए

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एकैदिन ७ सय भन्दा बढी पर्यटक हवाई सेवा मार्फत भित्रिएका छन् । आज आईतबार ३४ फ्लाईट विमान र करिब १०० फ्लाईट हेलिकप्टर मार्फत ७०० जना भन्दा बढी पर्यटक खुम्बु भित्रिएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

Advertisement

कार्यालय प्रमुख महेश श्रेष्ठका अनुसार ३४ फ्लाईट जहाज मार्फत ५१० जना पर्यटक खुम्बु भित्रिएका छन् । पर्यटकीय सिजन भएकाले आईतबार लगभग १०० उडान हेलिकप्टरबाट २०० भन्दा बढी पर्यटक भित्रिएका छन् । खुम्बु क्षेत्रमा आईतबार ३१५ मोमेन्ट उडान भएको प्राधिकरणको तथ्यांक छ ।

Advertisement

जहाजको ३४ फ्लाईट मध्ये ३ फ्लाईट काठमाण्डौँबाट र बाँकी रामेछापको मन्थलीबाट उडान भएका छन् भने ५ वटा उडान मौसमका कारण रद्ध भएको छ । खुम्बु भित्रिने अधिकांश विदेशी पर्यटकहरु छन् भने केहि मात्रामा स्वदेशीहरु पनि रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

Advertisement

आउनेसँगै फर्किने पर्यटकहरु पनि त्यतिकै रहेको नागरिक उड्ययन निकुञ्ज प्रमुख भुमिराज उपाध्यायको भनाई छ । उडानको चाप बढेसँगै विमानस्थलका कर्मचारीहरुमा व्यस्तता बढेको प्राधिकरणले जनाएको छ । खुम्बुमा वर्षको दुई सिजन चैत्र, वैशाख, जेठ तथा असोज, कार्तिक र मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै