spot_img

सोलुमा सुरु भयो मोतिविन्दु छनौट शिविर, पहिलो दिन ५ जना छानिए

spot_img

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा मोतिविन्दु छनौट शिविर सुरु भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा आज आईतबारबाट छनौट शिविर सुरु भएको हो ।

Advertisement

शिविरको आज पहिलो दिन नुनथला स्वास्थ्य चौकी टाक्सिन्दुमा ७८ जनाले आँखा जाँच गराएको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए । उनका अनुसार उक्त शिविरबाट ५ जना मोतिविन्दुका विरामी छनौट भएका छन् ।

Advertisement

आगामी वैशाख २९ गते सम्म सञ्चालन हुने छनौट शिविरमा वैशाख ४ गते जुभिङ स्वास्थ्य चौकी, ६ गते काँकु आधारभुत स्वास्थ्य चौकी, ८ गते वाकु स्वास्थ्य चौकी, १० गते पावै आधारभुत स्वास्थ्य केन्द्र र १२ गते छेस्काम स्वास्थ्य चौकीमा हुने छ ।

Advertisement

यस्तै वैशाख १४ गते गुदेल स्वास्थ्य चौकी, १६ गते लोखिम स्वास्थ्य चौकी, १८ गते काँगेल स्वास्थ्य चौकी, २० गते केरुङ स्वास्थ्य चौकी, २१ गते गोराखानी स्वास्थ्य चौकी, २२ गते नेचाबेतघारी र २६ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा छनौट शिविर हुने आँखा केन्द्र प्रमुख विधान ताम्राकारले बताए ।

Xsnot

छनौट भएका मोतिविन्दुका विरामीहरुलाई वैशाख २८ र २९ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा तिलगंगा आँखा अस्पतालका सन्दुक रुइतसहितका विषेशज्ञहरुद्वारा शल्यकृया शिविर आयोजना गरिने जनाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै