spot_img

सगरमाथाको हिमपहिरोमा बेपत्ताको खोजी कार्यमा जटिलता

spot_img

सोलुखुम्बु । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु¥याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जटिल बन्दै गएको पर्यटन विभागले जनाएको छ ।

Advertisement

विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार गत बुधबार हिमपहिरोमा परी बेपत्ता उनीहरुको हेलिकप्टर र स्थलगत मार्गबाट तीव्र रूपमा खोजतलास तथा उद्धार कार्य भइरहेपनि हिम पहिरो नरोकिएकाले समस्या भएको हो ।

Advertisement

चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु¥याउने क्रममा गत बुधबार सगरमाथाको आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका छन् ।

Advertisement

खुम्बु पासाल्हामु गाउँपालिका–५ निवासी तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका थिए ।

स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, इमाजिन एक्सिपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक सङ्घ नेपालसँगको सहकार्यमा खोजी तथा उद्धार भइरहेको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै