spot_img

सिडिओ भट्टराई र समाजसेवी शेर्पासहितका व्यतित्व विभूषित

spot_img

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीसहित आधा दर्जन व्यक्तिहरु राष्ट्रपतिबाट विभूषित भएका छन् । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई आज शीतलनिवासमा आयोजित विशेष समारोहमा जिल्लाका ६ जनालाई विभूषण वितरण गरिएको हो ।

Advertisement

विभूषित हुनेहरुमा प्रमुख जिल्ला अधिकारी(सिडिओ) बसन्त भट्टराई, सोलुदुधकुण्ड नगरपालिका ७ का वडाध्यक्ष एवं समाजसेवी सोनाम ग्याल्जेन शेर्पा र गायक सोलुदुधकुण्ड नगरपालिका ११ का आनन्द कार्की रहेका छन् ।

Advertisement

यस्तै समाजसेवी सोताङ गाउँपालिका ५ का सूर्ज बहादुर बस्नेत, समाजसेवी खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ का ल्हाक्पा सोनाम शेर्पा र व्यवसायी सोलुदुधकुण्ड नगरपालिका ८ का आङ गेल्बु शेर्पा रहेको गृह मन्त्रालयले जनाएको छ ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले सोलुका ६ जनासहित ६४८ जनालाई नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्रदान गरेका छन् ।

यसपटक ९८२ जनालाई राष्ट्रपतिले विभिन्न विभूषण प्रदान गर्ने भनेर असोज ३ गते गृह मन्त्रालयले नाम सार्वजनिक गरेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै