spot_img

माटोको ढिस्कोले पुरिएर नेचासल्यानका कुशलको मृत्यु

spot_img

सोलुखुम्बु । काभ्रेमा सडकको पर्खाल जाली लगाउने क्रममा पहिरोले पुरिएर सोलुखुम्बुका एक कामदारको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

Advertisement

बिहीबार दिउँसो अन्दाजी सवा १ बजे काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित चिसापानीमा सडकमा जाली लगाउने क्रममा माथिबाट खसेको पहिरोमा परी सोलुखुम्बु नेचासल्यान गाउँपालिका–२ का कुशल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

Advertisement

उनका अनुसार, कुशललाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइए पनि चिकित्सकले उनलाई अपराह्न ४ बजे मृत घोषणा गरेको हो । पहिरोमा परेर चार वर्षीय बालक र एक जना महिला घाइते भएका छन् ।

Advertisement

घाइते हुनेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३, घर भएकी २३ वर्षीया सञ्जिता राई र उनका ४ वर्षीय छोरा सविक राई रहेको प्रहरी नायक उपरीक्षक न्यौपानेले जानकारी दिए । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै