spot_img

खुम्बुमा बाख्रा पालन प्रतिबन्ध, किसानको लाखौँ लगानी संकटमा

spot_img

सोलुखुम्बु । कृषि तथा पशुपालन मार्फत मुलुकलाई सम्बृद्ध बनाउने संघिय सरकारको निति विरुद्ध सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ३ मा बाख्रापालनमा प्रतिबन्ध गरिएको छ ।

Advertisement

जिल्ला स्थित कृषिसँग सम्बन्धित कार्यालयबाट अनुदान समेत लिएका तथा गाउँपालिकामै बाख्रा पालन व्यवसाय दर्ता गराएका कृषकलाई समेत बाख्रा पालनमा प्रतिबन्ध लगाईएको हो ।

Advertisement

बाख्रा पालन गर्दा दुर्गन्ध फैलिई वातावरण प्रदुषित हुनुका साथै उक्त क्षेत्रमा पशु हिंसा निर्मुलिकरणका लागि काटमार समेत निषेधित गरिएको भन्दै वडा नम्बर ३ मा जनप्रतिनिधिकै रोहबरमा उक्त कठोर निर्णय गरिएको हो ।

Advertisement

खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ को कोङ्दे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समितिले वडाका जनप्रतिनिधिकै रोहबरमा वडा नम्बर ३ मा बाख्रा पालनमा प्रतिबन्ध लगाएको हो ।

चैत्र २ गते बसेको जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय समुह सहित बसेको सामुदायिक वनको बैठकले सो क्षेत्रमा बाख्रा पालन पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको वनले काटेको पत्रमा उल्लेख छ ।

सामुदायिक वनले किसानलाई काटेको पत्र

उक्त निर्णयले न्यून आयस्तर भएका तथा खसी बाख्रा पालन गरेरै जिविको पार्जन गर्नेहरुलाई गम्भीर असर परेको छ । वडा क्षेत्रमा कतिपय नागरिकहरुको प्रमुख आर्यआर्जनको श्रोत नै बाख्रा पालन भएपनि जनप्रतिनिधिकै रोहबरमा गरिएको यस निर्णयले आफुहरुको हातमुख जोर्ने बाटो नै बन्द हुने स्थितीमा पुगेको उनीहरु बताउँछन् ।

स्वतन्त्रता पुर्वक देशभर जनसुकै व्यवसाय गर्ने अधिकार नागरिकलाई हुने भएकाले व्यवसायीक अधिकार माथी हस्तक्षेत्रप गर्न नहुँने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । खुल्ला अर्थ निति अपनाएको मुलुकले नागरिकको संविधान प्रदत्त व्यवसाय गर्ने अधिकार कसैले खोस्न नहुने बाख्रा पालन व्यवसायी महासंघका सोलुखुम्बु अध्यक्ष आङ काजी शेर्पाले बताए । सुरु मै वडाको सिफारिस सहित सरकारी अनुदान समेत लिएर बाख्रा पालन व्यवसाय गरेका किसानहरुलाई उक्त निर्णयले आघात पुर्याएको उनको भनाई छ ।

यता खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ का वडाध्यक्ष नुरु जाङबु शेर्पाले आफ्नो वडामा मात्र नभई पालिकाभर नै बाख्रा पालनमा प्रतिबन्ध लगाएको बताएका छन् । यस अघि सो क्षेत्रमा सुङ्गुर पाल्न प्रतिबन्ध लगाएकाले तिनै किसानहरुले बाख्रा पालन गर्न थालेपछि बोट विरुवामा पुग्न सक्ने क्षतिलाई मध्येनजर गर्दै वडाकै समन्वयमा सामुदायिक वनले बाख्रा पालनमा पनि रोक लगाएको उनले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै