spot_img

पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष राई सम्मानित

spot_img

सोलुखुम्बु । खोटाङका पत्रकार दमन राई नेपाल नेत्र ज्योति सङ्घ खोटाङबाट सम्मानित भएका छन् । सङ्घको पाचौँ जिल्ला सभा तथा अधिवेशनमा सङ्घले बुधबार दिक्तेलजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा राईलाई सम्मान गरेको हो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि सङ्घका केन्द्रिय महा-सचिव भरतबहादुर चन्द, विशिष्ट अतिथि प्रदेश सभापति एवम् केन्द्रीय उपाध्यक्ष श्यामसुन्दर उदाशले दोसल्ला ओढाएर सम्मान पत्रले पत्रकार राईलाई सम्मान गर्नु भएको हो ।

Advertisement

आँखा सेवाका महत्त्वपूर्ण पक्षलाई उजागर गर्ने समाचारलाई स्थानीय देखि अन्तराष्ट्रिय स्तरसम्म पुर्‍याउन खेलेको महत्त्वपूर्ण भूमिकाको उच्च मुल्याङ्कन गर्दै पत्रकार राईलाई सम्मान गरिएको नेपाल नेत्र ज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजुले जानकारी दिए ।

Advertisement

वि.संं. २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल राई नेपाल वाइड डटकममा सम्पादक, ग्यालेक्सी फोरके टेलिभिजन र हिमाल खबर डटकममा जिल्ला सम्वाददाताका रूपमा कार्यरत छन् । सम्पादक राई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङका निर्वतमान अध्यक्ष हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै