सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला आउँने पर्यटकले रामेछापको मन्थली विमानस्थल भरिभराउ बनेको बन्न थालेको छ । नागरिक उड्डयन प्राधिकरणले समर सेडुल ‘स्टल रुट’ अनुसार लुक्लाको लागि उड्ने पर्यटकीय उडान मन्थलीबाट सुरु गरेसँगै अहिले मन्थली विमानस्थल विदेशी तथा स्वदेशी पर्यटकको चाप उच्च भएको हो ।
अहिले मन्थलीबाट तारा, सिता र समिट लगायतका विभिन्न निजी कम्पनीहरुले दैनिक लुक्लाको लागि पर्यटकहरु बोकिरहेका छन् । समर सेडुल अन्तरग तगत चैत्र १६ गतेबाट मन्थलीदेखि लुक्लासम्मका उडान सञ्चालन भई रहेका छन् । यस बीचमा सयौँ उडान भइसकेको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ ।

जसमा मन्थलीबाट यस सिजनको हाल सम्म सबै भन्दा बढी ५५ वटा सम्म उडान भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए । मन्थलीबाट लुक्लाको लागि विमान सञ्चालनमा आएपछि मन्थली विमानस्थल र आसपासको क्षेत्र विदेशी पर्यटकले खचाखच भएका छन् ।
मन्थलीमा धेरै सुविधासम्पन्न होटल नभएका कारण राति काभ्रेको धुलीखेल, सिन्धुलीको मुलकोटलगायतका क्षेत्रमा बास बसेर पर्यटकहरु बिहानै मन्थली आई सोलुतर्फ आउने गरेका छन् । मन्थलीबाट सोलुका लागि हुने अधिकाँश उडान बिहान सबेरै हुने गर्छन् ।

अहिले मन्थलीमा रहेका होटलहरु पनि पर्यटकहरुले खचाखच भएका छन् । मन्थली विमानस्थललाई काठमाडौंको वैैकल्पिक विमानस्थलको रुपमा विकास गर्ने सरकारको योजना छ ।-तस्विर: भुमिराज उपाध्याय, सगरमाथा राष्ट्रिय निकुञ्ज