spot_img

सोलुखुम्बुमा निःशुल्क मोतिविन्दु छनौट शिविर हुँदै

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले निःशुल्क मोतिविन्दु छनौट शिविर गर्ने भएको छ । केन्द्रले तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँको समन्वयमा वैशाख ३ गतेबाट जिल्लाको विभिन्न स्थानमा छनौट शिविर सुरु गर्ने भएको हो ।

Advertisement

केन्द्रका प्रमुख विधान ताम्राकारका अनुसार वैशाख ३ गते नुनथला स्वास्थ्य चौकी टाक्सिन्दु, ४ गते जुभिङ स्वास्थ्य चौकी, ६ गते कोको आधारभुत स्वास्थ्य केन्द्र भेडाचौर, ८ गते वाकु स्वास्थ्य चौकी र १० गते पावै आधारभुत स्वास्थ्य केन्दमा छनौट शिविर हुने छ ।

Advertisement

त्यसैगरी वैशाख १२ गते छेस्काम स्वास्थ्य चौकी, १४ गते गुदेल स्वास्थ्य चौकी, १६ गते लोखिम स्वास्थ्य चौकी, १८ गते काँगेल स्वास्थ्य चौकी, २० गते केरुङ स्वास्थ्य चौकी, २१ गते गोराखानी स्वास्थ्य चौकी, २२ गते नेचाबेतघारी स्वास्थ्य चौकी, २६ र २७ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमामा छनौट शिविर हुने जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।

Advertisement

छनौट भएका मोतिविन्दुका विरामीहरुलाई २७ र २८ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा तिलगंगा आँखा अस्पतालका विषेशज्ञहरुद्वारा मोतिविन्दु शल्यकृया शिविर आयोजना गर्ने आँखा कार्यकता दिनेश राईले जानकारी दिए ।

Aakha
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै